बेलायती वैज्ञानिक स्टेफन हकिनको निधन
भौतिक विज्ञान शास्त्रका प्रसिद्ध बेलायती वैज्ञानिक स्टेफन हकिनको निधन भएको छ । हकिनको ७६ बर्षको उमेरमा लण्डनस्थित क्याम्ब्रिजमा रहेको घरमा निधन भएको बीबीसीले जनाएको छ । उनी ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ पुस्तकका बेलायती लेखक पनि हुन् । त्यस्तै हकिन सापेक्षवादको सिद्धान्त र ब्ल्याक होलकाबारे विभिन्न नयाँ सत्य तथ्य पत्ता लगाउने खुङ्खार वैज्ञानिकमा चिनिन्छन्। भौतिक विज्ञानका ज्ञाता देखि लिएर क्याम्ब्रिज विश्वविद्यालयमा सैद्धान्तिक ब्रम्हाण्ड विज्ञान केन्द्रका शोध निर्देशक समेत हुनुभएका हकिन सन् १९४२ मा जन्मिएका थिए । सन् १९६३ मा मोर्टन न्युरोन रोगका कारण २ बर्ष मात्र बाँच्ने बताएका थिए । तर चिकित्सकीय भनाइलाई चुनौती दिंदै हकिन आधा शताब्दीभन्दा धेरै बाँच्न सफल हुनुभयो । १९५९ मा अक्सफोर्ड विश्वविद्यालयमा नेचुरल साइन्स पढ्ने अवसर पाएसँगै उहाँले क्याम्ब्रिजबाट विद्यावारिधी गर्नुभएको थियो । १९७४ मा उनले ब्ल्याक होलले ’हकिङ रेडियसन’ फाल्छ भन्ने सिद्धान्त प्रतिपादन गर्नुभएको थियो । उहाँले लेखेको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ नामक पुस्तक १ करोडभन्दा बढी प्रति विक्री भइसकेको छ । उहाँको जीवनीमा आधारित भएर सन् २०१४ मा द थेउरी अफ एभ्रीथिङु नामक चलचित्र नै बनेको थियो । उनले लामो जीवन ह्वीलचेयरमा बिताउनुभयो र पनि आफ्नो शारीरिक असक्षमतालाई पछि छोड्दै इच्छाशक्ति भयो भने कसैले रोक्न सक्दैन भन्ने कुरा प्रमाणित गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्