राष्ट्रपति भण्डारीलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचन आयोगले राष्ट्रपति पदमा विजयी भएको प्रमाणपत्र हस्तान्तरण गरेको छ ।
राष्ट्रपति भण्डारी मंगलबार भएको निर्वाचनमा राष्ट्रपतिको दोस्रो कार्यकालका लागि अत्यधिक मत प्राप्त गरी निर्वाचित भएकी हुन् ।
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राष्ट्रपति भण्डारीलाई राष्ट्रपति भवनमा शीतल निवासमा मंगलबार साँझै प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।
उक्त अवसरमा राष्ट्रपति भण्डारीमा बधाई ज्ञापन गर्दै प्रमुख निर्वाचन आयुक्त डा यादवले सफल कार्यकालका लागि शुभकामना दिएका थिए ।
निर्वाचनमा राष्ट्रपति भण्डारीले ५२ हजार ५०१ कूल मतको बहुमत अर्थात् ३९ हजार २७५ मतभार प्राप्त गरी विजयी भएकी हुन् । उनका प्रतिस्पर्धी कुमारीलक्ष्मी राईले ११ हजार ७३० मतभार प्राप्त गरिन् ।
प्रतिक्रिया दिनुहोस्