चोरी र मिसावटसम्बन्धी समस्या नियन्त्रण गर्न इन्धन बोक्ने ट्याङ्करमा लकिङ प्रणाली लागू

काठमाडौं । नेपाल आयल निगमले इन्धन बोक्ने ट्याङ्करमा आजदेखि लकिङ प्रणाली लागू गर्दैछ । ट्याङकरबाट हुने इन्धन चोरी र मिसावटसम्बन्धी समस्या नियन्त्रण गर्न लकिङ प्रणाली जडान सुरु गरिएको निगमले जनाएको छ ।

इण्डियन आयल कर्पोरेसन  (आइओसी)  को प्राविधिक तथा आर्थिक सहयोगमा ट्याङ्करमा लकिङ प्रणाली सुरु गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए। पहिलो चरणमा भारतको सिलगुडीस्थित आईओसीको डिपोबाट आजदेखि ट्याङकरहरुमा लकिङ प्रणाली जडान गर्न सुरु गरिएकोे र यो प्रणाली अन्य ठाउँबाट पनि छिट्टै लागु गरिने प्रवक्ता गोइतले जानकारी दिए।

अहिले आईओसीको डिपोदेखि निगमको डिपोसम्म लकिङ प्रणाली जडान गरिने र यसपछि निगमको डिपोदेखि डिलरसम्म जडान गरिने गोइतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्