प्रदेश र स्थानीय तहमा जाने समपुरक अनुदानको रकम आजबाट वितरण

काठमाडौं । अर्थ मन्त्रालयले स्थानीय तह र प्रदेश तहमा जाने समपुरक अनुदानको रकम आजबाट वितरण गर्ने भएको छ । संघीय सरकाको तर्फबाट उपलब्ध गराउने प्राकृतिक श्रोत तथा राजस्व बाँडफाडको अनुमानित रकम आजदेखि पठाउन सुरु गर्ने भएको हो ।

अन्तर सरकारी व्यवस्थापन ऐनले फागुन मसान्त भित्रै सिलिङ तोकिसक्नु पर्ने व्यवस्था अनुरुप सिलिङ पठाउन थालिएको हो । वित्त व्यव्यवस्थापन आयोगले सिफारिस गर्नु पर्ने भएता पनि आयोग भने पदाधिकारी विहिन भएको अवस्थामा आयोगकका कर्मचारी राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयले आपसी समन्वय गरेर सिलिङ पठाउन थालिएको हो ।

सिलिङ तोक्न र अनुदानको विषयमा अध्ययन गरी सिलिङ पठाउनका लागि अर्थमन्त्रीसहित अर्थ मन्त्रालका कर्मचारीहरु एक हप्ता देखि व्यस्त छन्।

प्रतिक्रिया दिनुहोस्