मुक्तिनाथ विकास बैंकद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न
काठमाडौं, १४ चैत । मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्व अन्र्तरगत विभिन्न संध संस्थाहरुलाई सहयोग गर्दै आएको छ । सोही योजना अनुसार बैंकले राप्ती गा.पा. – ०८, पिपरी, दाङ्ग स्थित नीलसागर असाहाय अशक्त तथा ज्येष्ठ नागरिक पूनः स्थापना केन्द्र (निलसागर सेवा आश्रम) का लागि खाद्य वस्तुहरु, डस्टबीन तथा अन्य सामग्रीहरुका लागि सहयोग गरेको छ ।
बैंकले निलसागर सेवा आश्रमलाई एक कार्यक्रम बीच उक्त सामग्रीहरु हस्तान्तरण गरेको छ । उक्त कार्यक्रममा बैंकका तर्फबाट सिसहनिया शाखाका प्रबन्धक श्री दिपक कुमार पाण्डे र अन्य कर्मचारीहरुको उपस्थिति तथा निलसागर सेवा आश्रमका तर्फबाट आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो ।
यस सहयोगबाट निलसागर सेवा आश्रम रहेर बस्नु भएका ज्येष्ठ नागरिक, अशक्त नागरिकको पूनः स्थापना गर्न मद्दत पुग्ने धारणा बैंकले लिएको छ । मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।
प्रतिक्रिया दिनुहोस्