थप ८ न्यायाधीशद्वारा इजलास अस्वीकार,पराजुलीको नेतृत्वमा न्यायसम्पादन नगर्ने

काठमाडौं  । प्रधानन्यायाधीश  गोपाल पराजुलीले तोकेको इजलासमा बसेर मुद्दा छिन्न मंगलबार थप ८ न्यायाधीशले अस्वीकार गरेका छन् । अस्वीकार गर्नेमा प्रधानन्यायाधीशको रोलक्रममा रहेका थप ५ न्यायाधीश पनि छन् । चोलेन्द्रशमशेर जबरासहित सर्वोच्चका ९ न्यायाधीशले पराजुलीको नेतृत्वमा न्यायसम्पादन नगर्ने भएका हुन् ।

सर्वाेच्चकै भावी प्रधानन्यायाधीश चोलेन्द्रले पराजुलीका सम्बन्धमा गम्भीर प्रश्न उठेको र उनले किर्ते गरेको प्रमाणसमेत फेला परेको खुलासा गरेको भोलिपल्ट वरिष्ठतम न्यायाधीश तथा न्यायपरिषदका सदस्य दीपकराज जोशी तथा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्लले पराजुलीको नेतृत्वमा न्याय निरूपण गर्न नसकिने निष्कर्षका साथ इजलासमा बस्न अस्वीकार गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्