काठमाडौंमा मेगा बैंकको एकैसाथ तीन नयाँ शाखा विस्तार
काठमाडौ., चैत १० । मेगा बैंक नेपाल लिमिटेडले बिहीबार एकैसाथ काठमाडौंमा तीनवटा नयाँ शाखाको कारोबार सञ्चालनमा ल्याएको छ।
काठमाडौंको बागबजार, गौशाला र कोटेश्वरमा बैंकले नयाँ शाखाहरु विस्तार गरेको हो। योसँगै मेगा बैंकको शाखा सञ्जाल २०७ पुगेको छ।
अत्याधुनिक बैंकिङ सेवालाई प्राथमिकता दिँदै आएको मेगा बैंकले गुणस्तरीय बैंकिङ सुविधा सँगसँगै शाखा सञ्जाल विस्तारलाई पनि प्राथमिकता दिँदै आएको बैंकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्