ज्योति विकास बैंकद्वारा देउराली प्राथमिक स्वास्थ्य केन्द्रलाई बेबी वार्मर प्रदान

काठमाडौं, चैत १० । ज्योति विकास बैंकले म्यागङ गाउँपालिका वडा नं।३ देउराली – नुवाकोट स्थित देउराली प्राथमिक स्वास्थ्य केन्द्रलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित हाम्रो विकास प्रवर्द्धन कोषमार्फत बेबी वार्मर प्रदान गरेको हो।यसले नवजात शिशुको शारीरिक तापक्रम उचित बनाइराख्न सहयोग गर्ने बैंकले जनाएको छ।

देउराली प्राथमिक स्वास्थ्य केन्द्रको प्राङ्गणमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बैंकका नुवाकोट र धादिङ क्षेत्रका प्रमुख रबिन रेग्मी र देउराली शाखा प्रबन्धक हर्क बहादुर तामाङद्वारा म्यागङ गाउँपालिका वडा नं। ३ का अध्यक्ष श्री हरि बहादुर तामाङको उपस्थितिमा सामरी स्वास्थ्य केन्द्रलाई सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्