सानिमा बैंकको शाखा सिराहाको मिर्चैयामा
काठमाडौं , चैत ९ । सानिमा बैंकले सिराहाको मिर्चैयामा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ ।
उक्त शाखा कार्यालयको ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले एवं प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले उद्घाटन गरे । शाखा विस्तार सँगै अब सेवाग्राहीलाई सेवा लिनमा सहज हुने भएको छ ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १२५ शाखा र ११४ वटा एटीएम सञ्चालनमा रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्