विमान दुर्घटना: सबै शवको पोस्टमार्टम गर्न पाँच दिन लाग्ने

काठमाडौं । युएस बंगला एअरलाइन्सको विमान दुर्घटनामा परेर निधन भएकाहरुको शव पहिचान गर्ने प्रक्रिया सुरु भएको छ ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार भएको विमान दुर्घटनामा ४९ जनाको मृत्यु भएको थियो ।

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएका मृतकहरुको पोस्टमार्टम गर्न थालिएपनि सबै शवको पोस्टमार्टम गर्न पाँच दिन लाग्ने फरेन्सिक विभाग प्रमुख डा प्रमोद श्रेष्ठले जानकारी दिए ।

पोस्टमार्टम गरिएपनि कुनैपनि शवको पहिचान भने हुन सकेको छैन । आफन्तहरुसँग प्रारम्भिक सूचना लिएर शव पहिचान गर्ने र सामान्य अवस्थाबाट पहिचान हुन नसके डीएनए टेस्टसम्म गर्नुपर्ने पनि अस्पतालले जनाएको छ ।

सबै शवको पोस्टमार्टम र पहिचान भएपछिमात्रै आफन्तलाई बुझाइने पनि त्रिवि शिक्षण अस्पताल महाराजगन्जले जनाएको छ ।

मंगलबार साँझसम्ममा ११ ओटा शवकोमात्रै पोस्टमार्टम भएको छ । अधिकांश शव आगोले डढेको अवस्थामा रहेका जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्