आईएमई र मिदासले गरे कक्षा १ देखि १० सम्म निःशुल्क ई‐लर्निङको व्यवस्था

काठमाडौं, चैत ९ ।  आईएमई ग्रुपद्वारा प्रवर्द्धित आईएमई र मिदास एजुकेसन प्रालिले सेवामा सहकार्य गरेका छन्।

दुई कम्पनीको सहकार्यमा र्ई‐लर्निङ प्रवर्द्धन अभियान सुरु गरेको हो। सो अभियान मंगलबारदेखि सुरु भएर आगामी वैशाख ३१ सम्म जम्मा ५४ दिनको लागि लागू गरिएको कम्पनीहरुले बताएका छन्।

यस अभियानमा नेपालमा सफलतापूर्वक विदेशबाट आईएमईमार्फत रकम पठाउँदा भुक्तानी गरिसकेपछि आईएमईका अन्तर्राष्ट्रिय साझेदारहरूबाट डाउनलोड लिंकसहितको एसएमएस र लाभार्थीलाई प्रोमो कोड पठाइनेछ।

लाभार्थीले त्यसपछि आफ्नो मोबाइलमा प्राप्त लिंक क्लिक गरी मिदास इक्लास सरलीकरण शिक्षा एप इन्स्टल गर्न सक्नेछन्।

एप डाउनलोड गरिसकेपछि प्रापकले निःशुल्क ई–लर्निङ प्राप्त गर्न प्रोमो कोड प्रयोग गर्न सक्छन् र सोही कोड प्रयोग गरेर कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले मात्र निशुल्क पढ्न पाउनेछन् ।

सरकारी तथा निजी विद्यालयमा पढ्ने सबै बालबालिकाले शिक्षक÷शिक्षिका र अभिभावकको रेखदेखमा मात्रै पढाइलाई अगाडि बढाइरहेका हुन्छन्।

तर ई‐क्लासले पाठ अनुसारका गेम, भिडियो, चित्र र चित्रअनुसारको आवाज, एनिमेनसन र इलुस्ट्रेसनले बालबालिकाको ध्यान पढ्नमा आकर्षित गर्छ । अडियो र भिडियो माध्यम पाठ्यसामग्रीमा प्रयोग गर्दा विद्यार्थीलाई रमाइलो पनि हुन्छ।

मिदास इक्लासमा बालबालिका सिक्नका लागि थप उत्सुक हुनुका साथै स्वअध्ययन गर्ने बानीको पनि विकास हुदै जान्छ भन्ने विश्वासका साथ सोही अभियान सुरु गरिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्