आजको मौसमः यी प्रदेशमा छ मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
काठमाडौं , चैत ९ । अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसमविदले बताएका छन् । देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ । देशभर तापक्रम बढ्ने क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज प्रदेश(१, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू(भागमा मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भू(भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
बिहीबार देशका पहाडी र हिमाली भू(भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू(भागमा मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भू(भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
त्यस्तै शुक्रबार देशका पहाडी र हिमाली भू(भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू(भागमा मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भू(भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
प्रतिक्रिया दिनुहोस्