क्यालिफोर्नियामा लागेको भिषण डढेलोमा परी कम्तीमा १० को मृत्यु

काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यमा गत आइतबार रातिदेखि लागेको भिषण डढेलेमा परी कम्तीमा पनि १० जनाको ज्यान गएको छ ।

दुई दिनयता क्यालिफोर्नियाको हजारौँ हेक्टर क्षेत्रका करिब २० स्थानमा आगोलागेको थियो ।

आगलागीमा परी कम्तीमा १० जनाको ज्यान गएको छ भने अरु करिब २० हजार जनालाई त्यहाँबाट अन्यत्रै सारिएको बताइएको छ ।

स्थानीय नागरिकले घर छोडेर भाग्न बाध्य भएका छन् भने कतिपय आफै भाग्न सफल थिए कैयौँलाई उद्धार गरेर अन्यत्रै राखिएको छ ।

विशेषगरी अंगुर बगानमा सुकेका पात र अंगुरका सुकेका झालले गर्दा बढी मात्रामा डढेलो लागेको थियो । प्राय सबै संरचनाहरु ध्वस्त बनाएको पाइएको छ ।
यसमा परी कम्तीमा १ हजार ५०० सय घर जलेर ध्वस्त भएका छन् ।

स्रोतका अनुसार क्यालिफोर्नियाको सोनोमा काउन्टीमा मात्र सातजनाको मृत्यु भएको छ ।

आगलागीको नियन्त्रणका लागि भएका प्रयासहरु पनि प्रभावकारी हुन सकेका छैनन् । निकै ठूलो आगोको मुस्लोले उक्त राज्यको हजारौँ हेक्टर जमिन ढाकेको ।

यसको नियन्त्रणका लागि सहज होस भनेर सबैतिर बन्द सगरिएको छ भने क्यालिफोर्नियाका गभर्नरले आपतकालको घोषणा गर्नुभएको छ ।

आइतबार रातिबाट उक्त क्षेत्रमा डढेलो लाग्न सुरु भएको हो । त्यसको कारणको खोजी गरिरहेको प्रहरीले किन र कसरी डढेको सुरु भयो भन्ने बारेमा कुनै तथ्य भेट्न सकेको छैन ।

वाइनका लागि तथा सामान्य उपभोगका लागि पनि क्यालिफोर्नियामा अंगुर उत्पादन गर्ने गरिन्छ । सो बगानमा हजारौँ कामदार छन् । उनीहरुलाई आइतबार राति नै हेलिकोप्टरले सुरक्षित ठाउँमा लगेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्