ग्लोबल आईएमई बैंकको शाखा कार्यालय बागलुङको बलेवामा

काठमाडौं, चैत ८ ।  ग्लोबल आईएमई बैंकले बागलुङको बलेवा शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । साविकको बलेवा एक्सटेन्सन काउन्टरलाई स्तरोन्नति गरी शाखाका रूपमा परिमार्जित गरेको बैंकले जनाएको छ ।

सोमबार बागलुङ नगरपालिका–१४, बलेवा नारायणस्थानमा एक कार्यक्रमबीच बागलुङ क्षेत्र नम्बर–१ का संघीय सांसद डा. सूर्य पाठक, बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल र जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दयानिधि ज्ञावलीले संयुक्त रूपमा शाखाको उद्घाटन गरेका हुन् ।

यस्तै, एटीएम काउन्टरको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी र पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष गोपीनाथ मैनालीले उद्घाटन गरे ।

बैंकका अध्यक्ष ढकालले ‘सबैका लागि बैंक’ भन्ने नाराका साथ बैंकले मुलुकका विभिन्न सहरी तथा ग्रामीण क्षेत्रहरूमा आफ्नो सेवा विस्तार गरी आम जनतालाई बैंकिङ सेवा प्रदान गर्दै आएको र बागलुङको बलेवा, नारायस्थान शाखाले त्यहाँका स्थानीय वासिन्दा, किसान तथा व्यवसायीलाई उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्ने बताए ।

बलेवा क्षेत्रमा ग्लोबल आईएमई बैंक पहिलो वाणिज्य बैंक रूपमा स्थापना भएको जनाएको छ ।

यस्तै, बैंकले पर्साको वीरगन्ज महानगरपालिका–१५, बाइपास रोडमा पनि आइतबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्