नेप्सेले गर्यो सूचीकृत कम्पनीहरुको वर्गीकरण, कुन कम्पनी कुन वर्गमा ?

काठमाडौं, चैत ६ । नेपाल स्टक एक्सचेन्ज ( नेप्से) ले सूचीकृत कम्पनीहरुको वर्गीकरण गरेको छ ।

नेप्सेले सूचीकृत कम्पनीहरुलाई ‘ए’ ‘बी’ ‘जी’ र ‘जेट’ गरी ४ समूहमा वर्गीकरण गरेको हो । जसमा ‘ए’ समूहमा २५ वाणिज्य बैंक, ४ वटा विकास बैंक, २ वटा फाइनान्स, एउटा लघुवित्त र ३ वटा हाइड्रोपावर कम्पनी परेका छन् । शिवम् सिमेन्ट्स पनि ‘ए’ वर्गमा परेको छ ।

त्यस्तै ‘बी’ समूहमा २ वटा फाइनान्स, ४ वटा लघुवित्त, २ वटा हाइड्रोपावर र जलविद्युत लगानी तथा विकास कम्पनी परेको छ । ‘जी’ समूहमा ८ वटा लघुवित्त, ५ वटा जीवन बिमा कम्पनी, ३ वटा निर्जीवन बिमा कम्पनी, १४ वटा हाइड्रोपावर कम्पनी, एउटा होटल, ४ वटा लगानी समूहका कम्पनी र १ अन्य समूहको कम्पनी समावेश भएको छ ।

यसैगरी, ‘जेड’ समूहमा एउटा वाणिज्य बैंक, १२ वटा विकास बैंक, १६ वटा फाइनान्स, २२ वटा बिमा, ४० वटा लघुवित्त, ७ जीवन बिमा कम्पनी, १५ निर्जीवन बिमा कम्पनी, २८ हाइड्रोपावर, एउटा लगानी समूहको कम्पनी, ४ व्यापार समूहका कम्पनी, १८ उत्पादनमुलक, होटलरटुरिजमका ४ कम्पनी र २ अन्य समूहमा कम्पनीहरु परेका छन् ।

वर्गीकरणमा परेका संगठित संस्थाले उल्लेखित समूहमा पर्नु नपर्ने कारणसहित ३५ दिनभित्र दाबीसहितको आवेदन दिन पनि नेप्सेले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्