विद्यालयलाई ज्योति विकास बैंकको सहयोग

काठमाडौं, चैत ४ । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत काठमाडौंको एक विद्यालयलाई सहयोग गरेको छ ।

बैंकले वसन्तपुरस्थित नव आदर्श माध्यमिक विद्यालयका ३०० जना विद्यार्थीलाई पोशाक, स्कुल ब्याग, जुत्ता तथा स्टेशनरी सामग्री वितरण गरेको हो ।

विद्यालयमा आयोजित एक कार्यक्रममा बैंकका काठमाडौं क्षेत्रीय प्रमुख दिलिप राज बरालले ती सामग्रीहरु हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा बैंकका तर्फबाट मार्केटिङ विभाग प्रमुख बसन्त दाहाल र न्युरोड शाखा प्रबन्धक जित बहादुर गुरुङ र नव आदर्श माध्यमिक विद्यालयका तर्फबाट विद्यालय व्यवस्थापन समितिका सदस्य विष्णु राज श्रेष्ठ,सहप्रध्यानाध्यापकद्वय बैकुण्ठ पौडेल र कृष्ण प्रसाद दवाडी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्