सिटिजन्स बैंकको १५ औं वार्षिकोत्सवको अवसरमा छुटै छुटको योजना
काठमाडौं, चैत २ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न योजनाहरू सार्वजनिक गरेको छ ।
बैंकले यही चैत्र ७ गते देखि वैशाख ७ गते सम्म १ महिनाको लागि लागू हुनेगरि विभिन्न सेवा सुविधामा भारी छुट र क्यासब्याक, लगायतका योजनाहरू सार्वजनिक गरेको हो ।
सो योजना अन्तर्गत डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरूले पस मेसिन र अनलाइन मार्फत रु १००० वा बढीको कारोबार गर्दा एकमुष्ट रु २०० क्यासब्याक दिइने कम्पनीले जनाएको छ । यसै गरी पहिलो पटक क्युआर कोड मार्फत भुक्तानी गर्ने ग्राहकहरूका लागि रु १०० को क्यासब्याक प्रदान गरिने व्यवस्था गरिएको छ ।
बैंकले योजना अवधि भरमा इ–कम कार्ड लिन चाहने ग्राहकलाई सो कार्ड निःशुल्क रूपमा उपलब्ध गराउने भएको छ । त्यस्तै, ५ लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु बीमा तथा ५० हजार रुपैयाँसम्मको स्वास्थ्य बीमा सुविधा सहितको सिटिजन्स संरक्षित बचत खाता खोल्दा बचतकर्ताहरूलाई लागि निःशुल्क डेबिट कार्ड, मोबाइल/इन्टरनेट बैंकिङ, डिम्याट खाता प्रदान गर्ने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्