नेपालमा कोरोनाबाट थप ८२ संक्रमित, २१३ जना डिस्चार्ज

काठमाडौँ, चैत २ । नेपालमा थप ८२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ४१ र एन्टीजेन परिक्षणबाट ४१ गरि कुल ८२ ना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा २१३ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९८।३ रहेको मन्त्रालयले जनाएको छ ।

देशभर अहिले १०६ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ७९० पिसिआर र १३८५ नमुना एन्टीजेन परिक्षण गरि कुल ६ हजार १७५ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार ५७४ पुगेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ९५० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्