सान्जेन र रसुवागढी हाइड्रोपावरको आईपिओ भर्ने समय फागुन ३० गतेसम्म मात्र
काठमाडौं । सान्जेन र रसुवागढी हाइड्रोपावरले फागुन ११ गतेदेखि निष्काशन खुला गरेका दुई अर्ब ५१ करोड ६० लाख रुपैयाँ बराबरको साधारण सेयर (आईपिओ) मा आवेदन दिने म्याद बुधबार (फागुन ३० गते) सम्म रहेको छ । दुबै कम्पनीले अहिले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरुलाई आईपिओ बिक्री खुला गरेका हुन् ।
रसुवागढी हाइड्रोपावरले एक करोड ६४ लाख २१ हजार ४० कित्ता सेयर निष्काशन गरेको हो । जसमा कर्मचारी सञ्चय कोषसँग ऋण सम्झौता भएको मिति ०६८ मंसिर २२ गतेदेखि धितोपत्र बोर्डबाट विवरणपत्र स्वीकृत भएको मिति ०७४ पुस २० गतेसम्म कायम रहेका सञ्चयकर्ताका लागि आवेदन खुला गरेको हो । यसको विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।
प्रतिक्रिया दिनुहोस्