सानिमा बैंकको मोबाइल बैंकिङ र नेपालपे क्युआरबीच सहकार्य
काठमाडौं, फागुन २७ । सानिमा बैंकको मोबाइल बैंकिङ र नेपालपे क्युआरबीच सहकार्य भएको छ । बैंकले मोबाइल बैंकिङ्ग एप सानिमा सजिलो ई–बैंकिङ्गमा नेपालपे क्युआर समायोजन गरेको हो ।
सजिलो ई–बैंकिङ्ग प्रयोगकर्ताहरुले अब नेपालपे क्युआरबाट डिजिटल भुक्तानी गर्न सक्छन् ।
बैंकले नेपालपे क्युआरमा आधारित कारोबारका लागि एनसीएचएलसँग सहकार्य गर्नेछ । यस सहकार्यले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्ने अपेक्षा बैंकले गरेको छ ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १२४ कार्यालय र १११ वटा ए.टि.एम.संचालनमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्