हिमालयन बैंकको मोबाईल बैकिङ्गमा अब नेपालपे क्यूआर उपलब्ध

काठमाडौं, फागुन २७ ।  हिमालयन बैंक लिमिटेडले आफ्नो मोबाईल बैकिङ्ग ९एचआई( एमबी) मा एकिकृत नेपालपे क्यूआरको सफल रुपमा अन्तर आवद्धता कायम गरेको छ ।

अब बैंकका ग्राहकहरुले एचआई(एमबी को प्रयोग गरेर बिभिन्न मर्चेन्ट तथा पेमेन्ट गेटवेहरुमा रहेको नेपालपे क्यूआर स्क्यान गरेर क्यूआरमार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् । साथै बैंकले राष्ट्र बैंकले जारी गरेको नेपालपे क्यूआरमा आधारित भएर आफ्नो मर्चेन्ट म्यानेजमेन्ट सिस्टमको प्रयोग गरेर नेपालपे, भिसा, युनियन पे र अलिपे लगायतका लागि अन्तरसंचालनशिलता तथा अन्तरआबद्धता कायम हुने गरी एग्रीगेटेड क्यूआर पनि स्विकार गर्ने कार्यको थालनी गरेको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको नेपाल–क्युआर स्ट्याण्डर्डको मूल पूर्वाधारको रुपमा नेपालपे क्यूआरस्थापना र एनसीएचएलद्वारा सञ्चालित हो, जस अन्तर्गत सदस्य बैंक वित्तीय संस्थाहरु, भुक्तानी सेवा प्रदायकहरु र अन्य भुक्तानी प्रणाली सञ्चालकहरुले छुट्टै योजनाको रुपमा र मर्चेन्ट वा अन्य क्यूआर स्कीमसँग अन्तरआबद्धता कायम गरी प्रयोग गर्न सकिने व्यवस्था रहेको छ । वाणिज्य बैंक मध्ये नेशनल पेमेन्ट स्वीचमा जोडी नेपालपे क्यूआरलाई एग्रीगेटेड क्यूआरको रुपमा लागु गर्ने हिमालयन बैंक पहिलो बैंक रहेको छ । बैंकका ब्यापारिक ग्राहकहरु मर्चेन्टको रुपमा आबद्ध भएर आफ्ना ग्राहकहरु बाट एचआई( एमबी अथवा नेपालपे क्यूआरमा आबद्ध अन्य उपकरणहरु मार्फत् सिधै आफ्नो खातामा भुक्तानी प्राप्त गर्न सक्दछन् ।

यसरी हिमालयन बैंकको मोबाईल बैङ्गिकमा क्यूआर जोड्दा र एग्रीगेटेड क्यूआरमा मर्चेन्ट एक्वायर गर्दा रिटेल स्तरमा हुने विद्युतीय भुक्तानीमा थप बृद्धी हुने आशा गरिएको छ, जुन यस बैंकको प्राथमिकता पनि रहेको छ । हिमालयन बैंकले भिसा, मास्टर कार्ड, एमेक्स, युनियन पे एससीटीका कार्डहरु जारी गर्नुका साथै भिसा, मास्टर कार्ड, अमेरिकन एक्सप्रेस युनियन पे, जेसिबी, कार्डका कारोबारहरु स्विकार पनि गर्दै आएको छ । यस बैंकको नेपालभरी १५२ वटा एटीएम र ५००० भन्दा बढी पिओएसहरु उपलब्ध रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्