त्रिभुवन विमानस्थलबाट ३ लाख भारतीय रुपैयाँसहित २ विदेशी महिला पक्राउ

काठमाडौं, फागुन २७ । नेपालमा प्रतिबन्धित भारतीय रुपैयाँसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ जना विदेशी नागरिक पक्राउ परेका छन्।

प्रहरीका अनुसार प्रतिबन्धित भारतीय रुपैयाँसहित थाई महिलाद्वय ३२ वर्षीया वानविशा जनताशन र ४१ वर्षीया वारापन खुनसोमबाट पक्राउ परेका हुन्।

उनीहरुका साथबाट २ हजार दरका नोट ४ थान, ५ सय दरका नोट ५७३ थान गरी २ लाख ९४ हजार रुपैयाँ बरामद भएको छ।

भिष्ट्रा एयरलाइन्सबाट भारतको नयाँ दिल्ली जान लागेका उनीहरु विमानस्थलमा चेकजाँचका क्रममा पक्राउ परेको विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख एसएसपी भीम ढकालले जानकारी दिए।

थप अनुसन्धान तथा कारबाहीका लागि उनीहरुलाई राजश्व अनुसन्धान विभाग पठाइएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्