मेयरमाथि गोली हानेको आशंकामा विप्लवका ३ कार्यकर्ता पक्राउ

काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीमाथि गोली र खुकुरी प्रहार गरेको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । गएराती नै सुखड क्षेत्रबाट विप्लव नेतृत्वको नेकपाका ३ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुमाथि अनुसन्धान जारी रहेकाले नाम भने खुलाउन नमिल्ने कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । घोडाघोडीको ‘बोक्सी काण्ड’मा मिलापत्र गराउन खोजेको भन्दै विप्लव समूहले चौधरीलाई एमालेले कारवाही नगरे आफूहरुले कारवाही गर्ने धम्की दिएका थिए ।

यसैबीच, गम्भिर चौधरीलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको छ । चौधरीको कम्मरमुनि गोली लागेको र टाउको तथा दायाँ हातमा खुकुरीको चोट लागेको प्रहरी प्रमुख घिमिरेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्