क्लास्सिक टेकको सिस्टर कम्पनी कारो फिल्म्सले पाए चर्चित नोवेल ‘लू’ को कपिराइट
काठमाडौं, फागुन २६ । क्लास्सिक टेकको सिस्टर कम्पनी कारो फिल्म्सका कार्यकारी निर्देशक निशा खरेल र लेखक नयन राज पाण्डे बीच चर्चित नोवल लू को कपिराइट हस्तान्तरण भएको छ ।
चलचित्र लू को पटकथा पनि लेखक नयन राज पाण्डे ले नै लेख्ने भएको छ । यो भए संगै कारो फिल्म्सले नेपालमा उच्च गुणस्तर एवं रमणीय र ठुला बजेटको चलचित्र हरु आगामी दिन हरुमा निर्माण गर्ने उद्देस्य ले आफ्नो स्थापना भएको बताएको छ ।
यस कम्पनीले नया अत्याधुनिक प्रबिधिको फिल्मी सामग्रीहरु नेपालमा भित्र्याउने प्रक्रिया अन्तिम चरणमा रहेको बताएको छ ।यसले नेपाली फिल्म जगतलाई अझै गुणस्तर बढाउने र रोजगारी पनि सृझाना गर्ने छ । क्लास्सिक टेकको मुख्य कार्यालयमा सो समारोह सम्पन्न भएको थियो।
यस संगै आगामी दिन मा कारो फिल्म्सले अरु पनि वेब सिरिज , रियालिटी शोहरु निर्माण गर्ने बताएको छ ।
साथै आउने दिन मा नेपाल को फिल्मी क्षेत्र मा उत्कृस्ट प्रबिधि भित्र्याउने र ठुला बजेटका चलचित्रहरु बनाएर नेपाली चलचित्र क्षेत्रलाई नया उचाइमा लैजाने करो फिल्मको उदेस्य रहेको कार्यकारी निर्देशक निशा खरेलले बताए ।
प्रतिक्रिया दिनुहोस्