ग्यासको बुलेट त्रिशूलीमा खस्यो, चालकको मृत्यु

काठमाडौं । मुग्लिनबाट नारायणगढ आउँदै गरेको भारतीय नम्बरको ग्यास बुलेट त्रिशूली नदीमा खस्दा भारतीय चालकको ज्यान गएको छ ।

इच्छाकामना गाउँपालिका–६ पाँचकिलो भन्ने ठाउँबाट केएओ १ एएच२५९६ नम्बरको बुलेट सोमबार राति ९३० बजे त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चालकको बुलेटले च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ । उनको नाम वतन खुल्न सकेको छैन । उनी भारतीय भएको प्रहरीले अनुमान गरेको छ । बुलेट खाली रहेको र अन्य यात्रु नरहेको बताइएको छ

प्रतिक्रिया दिनुहोस्