मुक्तिनाथ विकास बैंकद्वारा श्री कैलाशआश्रम धामलाई सहयोग

काठमाडौं, फागुन २५ । मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्व अन्र्तरगत विभिन्न संध संस्थाहरुलाई सहयोग गर्दै आएको छ । सोही योजना अनुसारबैंकले कपिलवस्तु स्थित श्री कैलाशआश्रम धामलाई आर्थिक सहयोग गरेको छ।

बैंकले श्री कैलाश आश्रम धामद्धारा संचालित श्री मनकामना गुरुकुलमा भवन निर्माण कार्य सम्पन्न गर्नका लागि आर्थिक सहयोग गरेको हो । बैंकले श्री कैलाश आश्रम धामलाई एक कार्यत्रमबीच चेक हस्तानतरण गरेको छ ।

उक्त कार्यक्रममा बैंकका तर्फबाट बुटवल क्षेत्रीय प्रमुख राजेन्द« घिमिरे, जीतपूरशाखाका प्रबन्दक लेखेन्द« जि.सी. र अन्यकर्मचारीहरुको उपस्थिति तथा श्री कैलाश आश्रम धामको तर्फबाट आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो ।

यस सहयोगबाट गुरुकुलमा आउने भक्तजनहरु विश्राम तथा परोपकारी उद्देश्यले गरिने कार्यहरुलाई सहजताका साथ पूरा गर्न मद्दत पुग्ने धारणा बैंकले लिएको छ । मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्म साथ गर्दै, यस सहयोग र कार्यक्रमबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्