आजको मौसम कस्तो छ त ?

काठमाडौं, फागुन २२ । । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। आज (आइतबार) बिहान देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै, दिउँसो भने देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्रदेश-१ मा आंशिक बदली हुनेछ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राती भने देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ ।

बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा हुने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्