यसरी भयो दुर्घटना : महानिर्देशक, क्यान

काठमाडौं । युएस बंगाल विमानको डास ८ बम्बार्डियर सोमबार दिउँसो दुई बजेर १८ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण क्रममा दुर्घटनामा परेको हो ।

विमान अवतरण क्रममा एउटा घाँसेमैदान टेकेको देखिन्छ । विमान असन्तुलन भएर धावनमार्गको पुर्वतर्फ दुर्घटनामा परेको हो । विमानस्थलको टावर कन्ट्रोल रुप र विमान चालकबीच नियमित सम्पर्क भईरहेको थियो ।

कन्ट्रोल रुमले विमानलाई दक्षिणतर्फको रन वे जिरो टु मा अवतरण गर्न अनुमति दिएको थियो ।  तर, जहाज, दक्षिणबाट अवतरण नगरी उत्तरतर्फ मोडियो । उत्तरतर्फ जहाज मोडिएपछि कन्ट्रोल रुमले फेरि पाईलटसँग जहाजमा केही समस्या छ कि भनेर सोध्यो ।  पाईलटले आइएम गुड, नो प्रोब्लम भनिरहेको थिए ।

तर, विमानस्थलले जहाजमा केही समस्या देखिएको हुन सक्ने ठहर गरी सबै जहाज होल्ड गराएर रन वे खाली गराईसकेको थियो ।

विमानस्थलको टावर कन्ट्रोल रुम र पाइलटबीच नियमित संवाद हुँदाहुँदै विमान दुर्घटनामा परेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्