विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४८ पुग्यो, ८ को अस्पतालमा निधन

काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बंगला ७३८ एयर क्राफ्ट बंगलादेशी विमान दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या ४८ पुगेको छ । विमानमा ३३ जना नेपालीसहित ७१ जना सवार थिए । नेपाली यात्रुमध्ये धेरैजसो ट्राभल एजेन्सीका कर्मचारी भएको जानकारीमा आएको छ ।
दुर्घटना स्थलमा ४० जनाको शव निकालिएको नेपाल प्रहरीले जनाएको छ । जसमा उद्धार गरिएका २५ जनालाई अस्पताल लगेकोमा ८ जनाको काठमाडौं मेडिकल कलेज (के एम सि) सिनामंगलमा मृत्यु भएको छ ।
घाइतेमध्ये २ जना उपचारपछि घर फर्केको समेत जानकारीमा आएको नेपाल नागरिक उड्यन प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्