अपडेटः दुर्घटनाग्रस्त युएस बंगलाबाट २० यात्रुको शव निकालियो

काठमाडौं । त्रिभुवन विमानस्थलको धावनमार्गमा दुर्घटनाग्रस्त युएस बंगलाको जहाजबाट मृतक यात्रुको शव निकालिएको छ। विमानस्थल स्रोतका अनुसार विमानबाट २० यात्रुको शव निकालिएको छ।

त्यस्तै सिनामंगलस्थित केएमसी अस्पतालमा ल्याइएका केही यात्रुहरु मृत रहेको अस्पताल स्रोतले जनाएको छ । अस्पताल स्रोतका अनुसार मृतकहरुलाई अस्पताल परिसरमा नै राखिएको छ भने जीवितलाई अस्पताल भित्र उपचारका लागि लगिएको छ।

दुर्घटनाग्रस्त युएस बंगला ७३८ एयर क्राफ्ट मा चालक दलका ४ सदस्य सहित ७१ जना यात्रु सवार भएको प्रारम्भिक जानकारी छ । जस मध्ये १४ बढी घाइतेहरुलाई उपचारको लागि नर्भिक अस्पताल लगिएको छ भने केहिलाई केएमसी अस्पताल र सिभिल अस्पताल लगिएको छ।

अस्पताल उपचारका लागि लगिएका अधिकांश घाइते नेपाली नागरिक रहेको समाचार छ ।

दुर्घटनाग्रस्त जहाजमा के कति यात्रु थिए भन्ने बारे औपचारिक जानकारी भने बाहिर आइसकेको छैन । बंगलादेशको ढाकाबाट आएको युएस बंगला ७३८ एयर क्राफ्ट अवतरणको क्रममा रनवेमा नै दुर्घटनाग्रस्त भएको हो।

प्रतिक्रिया दिनुहोस्