आइसीएफसी फाइनान्सको असोज २५ देखि सेयरधनी दर्ता पुस्तिका बन्द

काठमाडौं । आइसीएफसी फाइनान्सले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयर तथा ११.०५ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

फाइनान्सले यही असोज ३१ गते मंगलबार आफ्नो चौधौ बार्षिक साधारणसभाबाट लाभांस पारित गर्नेछ ।

साधारणसभा प्रयोजनका लागि बुधबार अर्थात असोज २५ देखि कम्पनीको सेयरधनी दर्ता पुस्तिका बन्द हुँदैछ । आज मंगलबारसम्म कायम कम्पनीका सेयरधनीले साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

फाइनान्सको हाल चुक्ता पूँजी ८० करोड रुपैयाँ छ । बोनपछि कम्पनीको चुक्तापूँजी ८८ करोड पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्