नेपालमा कोरोनाबाट थप ३ जनाको मृत्यु, १२७ जनामा संक्रमण पुष्टि
काठमाडौँ । नेपालमा थप १२७ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल १२३ र एन्टीजेन परिक्षणबाट ४ गरि कुल १२७ जना संक्रमित थपिएको जानकारी दिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३२१ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९७.९ रहेको मन्त्रालयले जनाएको छ ।
देशभर अहिले १०६ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ६७२ पिसिआर र २२०२ नमुना एन्टीजेन परिक्षण गरि कुल ६ हजार ८७४ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार ७७० पुगेका छन् ।
पछिल्लो कोरोनाबाट थप २ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ९४१ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्