प्रुडेन्सियल इन्स्योरेन्सको सेयरको लिलामी खुल्यो

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको १२ हजार ५०३ कित्ता सेयरको लिलामी खुलेको छ ।
लिलामीको सेयरमा फागुन २८ गतेदेखि चैत्र ५ गतेसम्म आवेदन दिन सकिनेछ । एनआईसी एशिया क्यापिटल कम्पनीको विक्री प्रबन्धक रहेको छ ।

कम्पनीले गत पुष १६ गतेदेखि माघ २१ गतेसम्म ३० प्रतिशत अर्थात १० बराबर ३ अनुपातमा एक सय रूपैयाँ अंकित दरको १२ लाख ८३ हजार कित्ता हकप्रद सेयरको बिक्री खुला गरेको थियो ।

लगानीकर्ताले सय रुपैयाँ भन्दा माथि न्यूनतम सय कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । हाल यो कम्पनीको दोस्रो बजारमा सेयरमूल्य ६७० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्