विभिन्न सञ्चारकर्मी पुरस्कृत

लमजुङ जिल्लामा आयोजित छैटौँ अलैँची महोत्सवको अवसरमा रासस संवाददाता सन्देश पौडेल पुरस्कृत हुनुभएको छ । पत्रकार पौडेललाई नगदसहित सम्मान गरिएको हो ।

पत्रकारिताको माध्यमबाट अलैँची खेतीको व्यवसाय प्रर्वद्धनमा योगदान पु¥याएको भन्दै नेपाल अलैँची व्यवसायी महासंघ, लमजुङले पौडेलसहित जिल्लाका तीनजना पत्रकारहरूलाई सम्मान गरेको हो ।

उहाँहरूलाई कार्यक्रममा प्रदेश नं–४ का कृषिमन्त्री लेखबहादुर थापा, अलैँची व्यवसायी महासंघ नेपालका अध्यक्ष निर्मल भट्टराई र अलैँची व्यवसायी महासंघ जिल्ला अध्यक्ष अजय तामाङले जनही रु पाँच हजारसहित प्रमाणपत्र र दोसल्ला ओडाएर सम्मान गर्नुभएको थियो ।

पत्रकार पौडेलसहित नयाँ पत्रिकाकर्मी शान्ता कमली, नागरिक दैनिकका किसानसंगीत नेपालीलाई पनि सम्मान गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्