सानिमा बैंकद्वारा धुर्मुस सुन्तली फाउण्डेशनलाई रु. २१ लाख आर्थिक सहयोग

काठमाडौं । सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत धुर्मुस सुन्तली फोउण्डेशनलाई रु. २१ लाख सहयोग गरेको छ । भूकम्पपीडित एवं मुसहर वस्ती निर्माण गरिसकेर पछिल्लो पटक सन्तपुरमा बाढी पीडितका लागि बस्ती (सन्तपुर एकीकृत नमुना बस्ती) निर्माण गरी माघ २३,२०७४ मा उक्त बस्ती एक समारोहका बीच हस्तान्तरण गरिएको थियो ।
उक्त बस्ती निर्माणमा अपुग् भएको खर्च, सानिमा बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत फाउण्डेशनलाई २१ लाखको सहयोग गरेको छ । एक कार्यक्रमका बिच बैंकका सन्चालक तुक प्रसाद पौडेलले सो रकमको चेक हस्तान्तरण गरे ।
कार्यक्रममा बोल्दै सिताराम कट्टेलले, उक्त बस्ती अनुमानित समय भन्दा चाडै र अनुमानित लागत भन्दा कममै सकिएको बताउदै बैंकिङ्ग क्षेत्रबाट अहिले सम्मको सबै भन्दा ठूलो धन राशी सहयोग गरेकोेमा बैंकलाई धन्यबाद दिए । केही रकमको प्रतिबद्घता आइसकेको जानकारी दिदैं उनले यो रकम सगैं सो बस्ती निर्माणमा अपुग रकम जुटेको कुरा समेत बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालले सन्तपुर बस्ती परियोजना समय सीमा भित्र नै सम्पन्न गरी हस्तान्तरण गरेको सन्दर्भमा बैंंकले कुशल व्यवस्थापनका पाठ सिक्नु पर्ने बताए । सानिमा बंैकले सन् २०१२ देखि नै सामाजिक उत्तरदायित्व अन्र्तगत शैक्षिक छात्रवृत्ति सहित अन्य विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्