काठमाडौंको बानेश्वरबाट १३ नेपाली युवती र एक चिनियाँसहित ३७ जना पक्राउ
काठमाडौं, फागुन १० । काठमाडौंको मध्यबानेश्वर क्षेत्रबाट चिनियाँ नागरिकसहित ३७ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा एक चिनियाँ नागरिक, १३ नेपाली युवती र अरू नेपाली पुरुष छन् । उनीहरुलाई गए राति महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।
उनीहरूले लेमन ग्रुप अफ कम्पनीका नाममा काम गर्दै आएको खुलेको र थप अनुसन्धान जारी रहेको परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।
उनका अनुसार बैंक तथा वित्तीय कारोबार ऐनअन्तर्गत उनीहरूमाथि अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढ्नेछ ।
उनीहरूले अनलाइनबाट लगानी गर्ने, जुवा खेलाउने, अवैध कल गर्नेलगायत काम गर्दै आएको बताइएको छ । उनीहरूको थप परिचय खुलाइएको छैन ।
प्रतिक्रिया दिनुहोस्