यात्रुवाहक बस दुर्घटना : १२ जना घाइते

काठमाडौ । नुवाकोटको त्रिशूलीबाट देवीघाटतर्फ जाँदै गरेको यात्रुवाहक बस आज दुर्घटना भएको छ । दुर्घटनामा १२ जना यात्रु घाइते भएका छन् ।
बा १ ख ६५१९ नं को लोकल बस विदुर नपा–५ पीपलटारस्थित चन्द्रज्योति मावि अगाडि २ः३० बजे दिउँसोतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेको विदुरस्थित नुवाकोट सिटी हस्पिटलमा उपचार भइरहेको छ । घाइतेमध्ये गम्भीर एकजनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ । उत्त बसको ब्रेक बिग्रिएर बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यस्तै आज नै त्रिशूलीबाट काठमाडौतर्फ आउदै गरेको बा४ख ७९८ नं को बसको ठक्करबाट बट्टारमा पैदलयात्री विदुर नपा–३ फिर्केपका ७६ वर्षीय ईश्वरीलाल श्रेष्ठको मृत्यु भएको छ ।

आजनै जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक कुँवरका अनुुसार देवीघाटबाट गल्छीतर्फ जाँदै गरेको वा३ख ६६६७ नंको टिपरले गल्छी त्रिशूली सडकखण्डको कल्चेडीमा वा७०प ४४२७ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक विदुर नपा–९ कोलोनीका तिलकबहादुर मिजारको घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्