आरम्भ माइक्रोफाइनान्सले आइपिओ जारी गर्दै

काठमाडौं । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले २ करोड ९४ लाख रुपैयाँ बराबरको आइपिओ जारी गर्ने भएको छ । उक्त प्रस्ताव कम्पनीले आगामी कात्तिक १८ गते हुने तेस्रो बार्षिक साधारणसभाबाट पारित गर्ने भएको छ ।

वित्तीय संस्थाले एक सय रुपैयाँ अंकित दरले कम्पनीका कर्मचारी समेतलाई गरी २ लाख ९४ हजार कित्ता साधारण शेयर निष्कासन गर्ने भएको हो ।

आरम्भ माइक्रो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको मुख्य कार्यालय बनेपा १०, काभ्रेपलाञ्चोकमा रहेको छ । विगत २ वर्ष देखि सो संस्थाले नेपालका १५ पहाडी जिल्लामा वित्तीय सेवा दिंदै आएको छ ।
माइक्रोफाइनान्सले एन आई सी एशिया क्यापिटल लिमिटेडलाई शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्