प्रहरीको ‘स्विप अपरेशन’मा ३६ जना पक्राउ

काठमाडौं । महानगरीय प्रहरी प्रभाग गोँगबुको ‘स्विप अपरेशन’मा ३६ जना पक्राउ परेका छन् ।

प्रभागले महानगरीय प्रहरी वृत्त महाराजगञ्ज, बालाजु, गौशाला र स्वयम्भूको सहयोगमा शनिबार राति गरेको अपरेशनमा ३६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले बसपार्क क्षेत्रमा सञ्चालित होटल, रेष्टुरेन्ट, खाजाघर, फ्ल्याट भाडामा लिएर यौन व्यवसाय सञ्चालन गर्नेलाई पक्राउ गरेको हो ।

प्रभागका प्रमुख प्रताप पौडेलले १ सय २० प्रहरीको सहयोगमा गरिएको अनुसन्धानमा पक्राउ परेकालाई थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्