माछापुच्छ्रे बैंकको नायव प्रमुख कार्यकारी अधिकृत र उपमहाप्रबन्धक पदमा बढुवा ।
काठमाडौं, फागुन ५ । माछापुच्छ्रे बैंकले हालै बैंकको नायव प्रमुख कार्यकारी अधिकृत पदमा सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने तथा उपमहाप्रबन्धक पदमा प्रसिद्धराज अर्याललाई बढुवा गरेको छ ।
नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा भएका सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने दुवै जनालेदुई दशक भन्दा बढिको बैंकिङ्ग अनुभव संगालीसकेका छन् र माछापुच्छ्रे बैंकमै लामो समय सम्म उच्च व्यबस्थापन तहमा रही कुशल नेतृत्व, व्यवस्थापकिय दक्षता भएका थापा बहु बैंकिङ्ग ब्यवसाय र न्यौपाने संचालन तथा जोखिम व्यवस्थापनमा अव्वल मानिन्छन् ।
त्यस्तै उप महाप्रबन्धक पदमा बढुवा भएका प्रसिद्धराज अर्यालले पनि बैंकिङ्ग क्षेत्रमा करिब दुई दशक जतिको अनुभव सगालेका छन् र अर्यालसंग क्रेडिट व्यवसाय, ट्रेजरी, ब्रान्च अपरेसन, माइक्रो फाइनान्स लगायतका क्षेत्रमा काम गरेको राम्रो अनुभव रहेको छ ।
बैंकको बिस्तारित व्यवसाय, स्तरीय सक्षम व्यबस्थापन,कर्मचारीहरुकोआकर्षकपारिश्रमिक, सुविधा, काम गर्ने मैत्रिपूर्ण वातावरण लगायतका मुख्य मापदण्डका तत्वहरुले गर्दा माछापुच्छ्रे बैंक बैंकिङ्ग क्षेत्रमा अव्वल,आकर्षक साथै अनुपालन बैंकको रुपमा समेत स्थापित बैंक मानिन्छ ।
बैंकले नेपाल राज्यभर उच्चसेवा सुविधाका साथ हाल १६३ शाखा, ६ एक्स्टेन्सन काउण्टर, २०० एटिम र १५७ शाखारहित बैंकिङ्ग सुविधा मार्फत सेवा प्रदान गदै आईरहेको छ । र १५ सय भन्दा बढि कर्मचारीहरुलाई रोजगारी प्रदान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्