मुक्तिनाथ विकास बैंकद्वारा श्री बागेश्वरी मन्दिरमा सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न
काठमाडौं, फागुन ३ । मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्व अन्र्तरगत विभिन्न संध संस्थाहरुलाई सहयोग गर्दै आएको छ ।
सोही योजना अनुसार बैंकले नेपालगञ्ज स्थित श्री बागेश्वरी मन्दिरगुठी व्यवस्थापन समितिलाई सि.सि.टिभी क्यामेराहरु लागि सहयोग गरेको छ।
बैंकले श्री बागेश्वरी मन्दिरगुठी व्यवस्थापन समिति सँगको सहकार्यमा श्री बागेश्वरी मन्दिरमा ८ थान
सि.सि.टिभी क्यामेराहरु एक कार्यक्रमबीच जडानको शुभारम्भ गरेको छ ।
उक्त कार्यक्रममा बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्ग , मार्केटिंङ प्रमुख बसन्तबक्शी, कोहलपुर क्षेत्रीय प्रमख विजय के.सी., नेपालगञ्ज शाखाका प्रबन्दक परवीन के.सी. र अन्य कर्मचारीहरुको उपस्थिति तथ श्री बागेश्वरी मन्दिरगुठी व्यवस्थापन समितिको तर्फबाट आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो ।
यस सहयोगबाट मन्दिर परिसरमा आउने भक्तजनहरुको सुरक्षा र मन्दिरको भौतिक संरचनाहरुको संरक्षण गर्न मद्दत पुग्ने अपेक्षा बैंकले लिएको छ ।
मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिकउत्तरदायित्वलाई आत्मसाथगर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।
प्रतिक्रिया दिनुहोस्