कांग्रेसले मंगलबार बोलायो संसदीय दलको बैठक , एजेण्डा के छ ?

काठमाडौं, फागुन २ । नेपाली कांग्रेसले मंगलबारका लागि संसदीय दलको बैठक बोलाएको छ। मंगलबार बिहान ९ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बैठक बस्ने बताइएको छ।

सत्तागठबन्धनका कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ सांसदले आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए।

प्रस्तावका विषयमा पार्टी संसदीय दलले खेल्ने भूमिकाका विषयमा छलफल गर्न बैठक बोलाइएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्