जाल्पा सामुदायिक लघुवित्तको आइपिओ बाँडफाँड, यसरी हेर्नुस् नतिजा
काठमाडौं, फागुन १- जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गरेको आइपिओ बाँडफाँड सम्पन्न भएको छ।
कम्पनीले माघ २१ गते शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार कित्ता आइपिओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो।
जसमध्ये चुक्ता पूँजीको ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता संस्थाका कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्याइएको छ। बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्तामा सर्वसाधारणहरूले आवेदन दिने व्यवस्था थियो।
संस्थाको प्राथमिक सेयर भाग्यमानी ४८ हजार ७९० जनाले १०/१० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। प्राथमिक सेयरका लागि २७ लाख ६ हजार ७६७ जनाले आवेदन दिएका थिए। उनिहरूमध्ये बाँडफाँडका लागि २६ लाख ७ हजार जना मात्रै योग्य थिए।
संस्थाले सर्वसाधारण समुहको ५ लाख २२ हजार कित्ता सेयर बाँडफाँड गरेको हो। यसमध्ये ८ हजार कित्ता कर्मचारीहरूले प्राप्त गरेका छन्। त्यस्तै २६ हजार १०० कित्ता सामुहिक लगानी कोष म्युचुअल फण्डले प्राप्त गरेका छन्।
उनीहरूलाई बाँडफाँड गरेर बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्ता सेयर ४८ हजार ७९० जनाले १०/१० कित्ताले प्राप्त गरेका हुन्।
यससँगै कम्पनीको आइपिओ नतिजा चार वटा साइटबाट हेर्न सकिनेछ। आइपिओको नतिजा कम्पनीको वेबसाइट, बिक्री प्रभु क्यापिटलको वेबसाइट, सिडिएससीको मेरो सेयर र सिडिएसको नयाँ वेबसाइटबाट हेर्न सकिनेछ।
प्रतिक्रिया दिनुहोस्