जाल्पा सामुदायिक लघुवित्तको आइपीओ आज साँझ बाँडफाँट हुने, सेयर पाउन भाग्यकै भर

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओ आज बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार टाइम स्क्वायर रेष्टुरेन्ट, बालुवाटार काठमाडौंमा साँझ ५ बजे आइपीओ बाँडफाँट गर्ने कार्यक्रम तय भएको छ । यसको प्री–अलोटमेन्ट शुक्रबार नै सम्पन्न भइसकेको छ ।

यो आइपीओमा २६ लाख ५९ हजार ५४० जना आवेदकले ३ करोड २६ लाख २० हजार ५८० कित्ताका लागि आवेदन दिएका छन् । यो आइपीओमा २६ लाख ५९ हजार ५४० जना आवेदकले ३ करोड २६ लाख २० हजार ५८० कित्ताका लागि आवेदन दिएका छन् ।

सर्वसााधारणबाट माग भन्दा ६६.६५ गुणा बढी आवेदन परेको जानकारी दिइएको छ । सेयर पाउन भाग्यकै भर पर्नुपर्नेछ । कम्पनीले माघ २१ गतेबाट २५ गतेसम्म ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आइपीओ जारी गरेको थियो ।

यसमध्ये ८ हजार कित्ता कर्मचारीहरुका लागि र २६ हजार १ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । सर्वसाधारणले बाँकी ४ लाख ८७ हजार ९०० कित्ताका लागि आवेदन दिन सक्ने ब्यवस्था थियो ।

प्रतिक्रिया दिनुहोस्