देशभरका शैक्षिक संस्था आजदेखि खुल्दै, सिनेमा हलदेखि रात्रीकालिन ब्यवसायसम्म संचालनको अनुमति
काठमाडौं , फागुन १ । देशभरका शैक्षिक संस्थामा आजदेखि भौतिक उपस्थितिमा खुल्न थालेका छन् । कोभिड–१९ को तेस्रो लहरको जोखिम बढेसँगै गत पुस मध्यदेखि बन्द भएका शैक्षिक संस्थाहरु आजदेखि खुल्न थालेका हुन ।
विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित रूपमा तथा १२ वर्ष मुनिका विद्यार्थीका हकमा आलोपालो कक्षा सञ्चालन गर्न भनिएको छ ।
विश्वविद्यालय र कलेजहरु आजदेखि खुल्न थालेपछि तल्लो तहका विद्यालयहरु भने अझै केही दिन पर्ख र हेरको अवस्थामा छन् ।
यसैगरी, कोभिडकै कारण बन्द गरिएका रात्रिकालीन व्यवसाय रेस्टुरेन्ट, डान्स बारलगायत व्यवसाय पनि स्वास्थ्य मापदण्ड पालना गर्दै आजदेखि सञ्चालन गर्ने अनुमति सरकारले दिएको छ ।
कोभिड–१९ स्वास्थ्य संकट व्यवस्थापन समन्वय केन्द्र सिसिएमसीसीको सिफारिसमा डान्सबार, दोहोरी, नाचघर, क्लब लगायत रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङपुल तथा फुट्सल, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड परिपालना गर्ने गरी आजदेखि सञ्चालन हुन लागेका हुन् ।
त्यसैगरी, खेलकुद कार्यक्रम सञ्चालन गर्दा एक पटकमा कूल दर्शक क्षमताको ५० प्रतिशत मात्र उपस्थित हुनसक्ने गरी स्वास्थ्य मापदण्ड र सम्बन्धित खेलको अन्तर्राष्ट्रिय नियम परिपालन गरी सञ्चालन गर्न भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्