नेपालमा कोरोनाबाट थप ४ जनाको मृत्यु, थप ८३६ जनामा कोरोना पुष्टि
काठमाडौं , माघ २९। नेपालमा थप ८३६ जनामा कोरोना पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ४९१ र एन्टीजेन परिक्षणबाट ३४५ गरि कुल ८३६ जना संक्रमित थपिएको जानकारी दिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा १८२६ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९६.१ रहेको मन्त्रालयले जनाएको छ ।
देशभर अहिले ११८ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ४ हजार २६० पिसिआर र २३९४ नमुना एन्टीजेन परिक्षण गरि कुल ६ हजार ६५४ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २६ हजार १०२ पुगेका छन् ।
पछिल्लो कोरोनाबाट थप ४ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ८८२ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्