मौसममा सुधार, वर्षाको सम्भावना छैन

काठमाडौँ , माघ २९ । मौसममा पूर्ण रुपमा सुधार आएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनमा वर्षा र हिमपातको सम्भावना छैन ।

पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि पहाडी भेगमा आंशिक बदली मात्र रहने आँकलन गरिएको छ ।

दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिक्रिया दिनुहोस्