रेशम चौधरीको स्वास्थ्य अवस्था कमजोर, थप उपचारका लागि काठमाडौं रिफर
काठमाडौं। कैलाली क्षेत्र नं १ का सांसद रेशम चौधरीलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ । टीकापुर काण्डमा पुर्पक्षका लागि कारागारमा रहेका उनको त्यही अनसनका क्रममा स्वास्थ्य अवस्था कमजोर बनेको थियो ।
उनको सेती अञ्चल अस्पतालमा उपचार हुँदै आएकोमा थप उपचारका लागि अस्पतालले काठमाडौं रिफर गरेको हो ।
गत फागुन २० गतेदेखि चौधरीसहित २४ जना कारागारभित्रै अनसनमा छन्। टीकापुर घटनालगत्तै प्रहरीले पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका चौधरी लगायतले विभिन्न माग राख्दै अनसन जारी राखेका हुन्। अनसनमा बसेका सबै बन्दी टीकापुर काण्डका आरोपित हुन्।
उनीहरुले प्रतिनिधिसभामा विजयी चौधरीलाई निर्वाचित भएको प्रमाणपत्र दिइनुपर्ने, संसदमा शपथ खान पाउनुपर्ने, टीकापुर घटनाका आरोपी २६ जनालाई क्षतिपूर्तिसहित रिहा गर्नुपर्ने र थरुहट संघर्ष समितिले राखेका माग पूरा गर्नुपर्ने लगायतका माग अघि सारेका छन्।
प्रतिक्रिया दिनुहोस्