आजको मौसमः कस्तो छ त देशभरको अवस्था ?

काठमाडौं, माघ २५ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

आज बिहान देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।त्यस्तै,तराईका केही भू–भागमा भने हुस्सु-कुहिरो समेत लागि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो भने प्रदेश- १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ । त्यस्तै, अन्य प्रदेशमा भने आंशिक बदली हुने महाशाखाले जनाएको छ । प्रदेश -१ का केही स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ ।
आज राती भने प्रदेश – १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली हुने छ । त्यस्तै, अन्य प्रदेशमा भने मौसमा आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ ।

देशका पुर्वी तथा पश्चिमी भूभागका उच्च पहाडी तथा हिमाली भू–भागका केही एक वा दूई स्थानमा भने हल्का हिमपातको सोत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्