सिटिजन लाइफ इन्स्योरेन्सको आईओएस एप अब थप सुविधासहित

काठमाडौं, माघ २३ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ‘डिजिटल सिटिजन’ अभियानअन्तर्गत सिटिजन लाइफ इन्स्योरेन्सको आईओएस एप थप सुविधासहित अपग्रेड गरी एपस्टोरमा उपलब्ध भएको छ।

यसबाट कम्पनीको विस्तृत विवरण, सिटिजन लाइफमा रहेका सम्पुर्ण बीमा योजनाहरुको विस्तृत जानकारी, नेपालभरी रहेका सम्पुर्ण शाखा कार्यालयहरुको बारेमा जानकारी लिन सकिने कम्पनीले जनाएको छ।

एपमा प्रिमियम क्याल्कुलेटरको प्रयोग गरी आफ्नो विवरण भरेर आफुले इछ्याएको बीमा योजनाको बीमाशुल्क आफ्नो अवश्यकताअनुसारको बीमाङ्क रकम र बीमाको समय अवधि अनुसार आफै निकाल्न सकिन्छ।

सिटिजन लाइफ कम्पनीको अभिकर्ता बन्न ईच्छुक महानुभावहरुले पनि यस एपबाट आवेदन दिन सक्नेछन्। साथै कम्पनीले ग्राहकहरुको सुविधालाई मध्य नजर गरी घरमै बसेर बीमा शुल्क तिर्न सकिने व्यवस्थाको लागी यस एपमा इसेवा, फोनपे र कनेक्टआईपीएसलगायतका डिजिटल बैकिङ्ग सुविधा मार्पmत अनलाईन भुक्तानीको व्यवस्था समेत मिलाइएको छ।

एपमा लग इन गरेर बीमितले आफ्नो बीमा योजना, कुल बीमाङ्क रकम, आफुले अहिले सम्म तिरेको बीमा शुल्कको विवरण साथै भविष्यमा कहिले र कति नवीकरण शुल्क तिर्नपर्छ भन्ने कुराको सम्पूर्ण जानकारी लिन सक्नेछन्।

यसका साथै अभिकर्ताले पनि यस एपमा लग ईन गरेर जीवन बीमा व्यवसाय तथा आफ्नो सम्पुर्ण कारोबारको जानकारी र ग्रहकहरुको जानकारी पनि प्राप्त गर्न सक्नेछन्।

सिटिजन लाइफ इन्स्योरेन्सको डिजिटल सिटिजन अभियानअन्तर्गत अनलाइनमार्फत बीमा प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्रणाली पनि विगत वर्षहरुदेखि र हालसालै अनलाइन बीमा दाबी सेवा सञ्चालनमा छ।

कम्पनीले विभिन्न तालिमहरु डिजिटल माध्यमबाट सञ्चालन गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्